नबीनको उचाइ बढ्दो


तेक्वान्दो मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठ सेकेन्ड क्लास निर्णायकमा बढुवा भएका छन् । थर्ड क्लास निर्णायक भएको ८ वर्षको अवधिमा नवीन सेकेन्ड क्लासमा बढुवा भएका हुन् ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको आधारमा बिश्व तेक्वान्दोको रेफ्रि काउनन्सीलको निर्णय अनुसार उनी बढुवा भएका हुन् । उनी एसियाली तेक्वान्दोमा रेफ्रि काउन्सील सदस्य रहेका छन् ।
नवीन नेपाल तेक्वान्दो संघअन्तर्गतको निर्णायक कमिटीका संयोजकका साथै संघका सचिव पनि हुन् । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका नवीन प्रमुख रहेको कोटेश्वर तेक्वान्दो डोजाङ नेपालको पायनियर शक्तिको रुपमा रहेको छ । नेपाली खेलकुदमा खेलाडी, प्रशिक्षक र रेफ्रि तीनै विधामा सफलता पाउने विरलै ब्यक्ति मध्य नबीन एक हुन् ।

तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले नवीनलाई सोमबार विश्व तेक्वान्दोबाट प्राप्त परिचय पत्र हस्तान्तरण गरे ।

Comment