बरुवाल, शाही र डंगोलको संयोजनमा टोली

विमला, संरक्षक र मोहन लगायत स्टार नेपाल आउदै


गैर आवसीय नेपाली महासंघ एनआरएनले नेपालमा हुने आठौ दक्षिण एसियाली खेलकुदका लागि २४ सदसीय टोली सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बृहत राष्ट्रिय खेलकुदमा सात प्रदेश र तीन विभागीय सँगै एनआरएनएको टोलीले पनि सहभागिता जनाउने जानकारी दिएको हो ।
एसियाली खेलकुदकी पदकधारी अमेरिकामा रहेकी विमला तामाङ, अस्ट्रेलियामा रहेका टेनिसका युवा स्टार संरक्षक भुषण बज्राचार्य र बिश्व च्याम्पियनसीपका सहभागि जुडो खेलाडी मोहन बम पनि टोलीमा समाबेश छन् । संरक्षकका साथमा सोही देशमा रहेका अमृत पौडेलले पनि टेनिसमा सहभागिता जनाउदै छन् । एकलका साथै यी दुइको जोडीले युगलमा पनि प्रतिस्पर्धा गर्ने छन् । जापानमा सफलता पाइसकेका अविरल घिमिरेले फुलकन्ट्याक्टका सफलता जनाउने छन् ।
विमलाले एकल कातामा सहभागिता जनाउदा मकाउ एनआरएनकी अध्यक्ष समेत रहेकी शान्ततीदेवी अधीकारीले ६७ किलोमा सहभागिता जनाउने छिन् । युएइमा रहेका विजय तामाङले ५०,लक्ष्मण मगरले ५५ र उत्तम गुरुङले ६० किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । मकाउमा रहेका नान बहादुर थापाले ६७ ,अमेरिकामा रहेका जनक सिंह खड्काले ७५, मलेसियामा रहेका नोर्बु तामाङले ८४ र र मकाउमा रहेका लोकमान श्रेष्ठले ८४ किलोमा सहभागिता जनाउने छन् ।
टिम कुमुतेमा युएइमा रहेका कुमार भुषाल,लोक बहादुर श्रेष्ठ र राम बहादुर श्रेष्ठको साथमा अमेरिकामा रहेका जनकसिंह खड्का र लोकमान सिंह श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी, युएइमा रहेका गोजुरियोका परिचित रेफ्रि रबि बाही सहित मलेसिमा रहेका योगेन्द्र कोइराला र अमेरिकामा रहेका शान्त थोकर रेफ्रिका भुमिकामा रहने छन् । अमेरिकामा रहेका ११ औ सागका स्वर्ण विजेता सुनिल लामा र परशुराम घिमिरे कराते टोलीको प्रशिक्षक रहेका छन् । नेपालमा रहदा पर्सा जुडो र नेपाल पुलिस क्लबको भिन्न साख कायम गर्न सफल तथा अमेरिकी जुडोमा प्रभाव जमाइसकेका राजेश कर्माचार्य रेफ्रिको भुमिकामा नेपालमा रहने छन् ।
जापानमा रहेका बक्सीङका प्रशिक्षक प्रचण्ड केसीले ५६ किलोमा सहभागिता जनाउने छन् । हङकङमा रहेका लब कुमार गुरुङले गल्फमा सहभागिता जानउने छन् । यसैगरी, युएइमा रहेका विक्की बुढा, सुर्य गीरी र हिरालाल श्रेष्ठले ब्याडमिन्टनको एकल स्पर्धामा सहभागिता जनाउने छन् । सुर्य र हिराललाले युगलमा पनि सहभागिता जनाउने छन् । मकाउमा रहेकी नारी चन्दले म्याराथनमा सहभागिता जनाउने छिन् । युएइमा रहेका नबीन श्रेष्ठले तेक्वान्दोको ८८ किलो तथा अमेरिकामा रहेका पुष्प थापा मगरले ६७ किलोमा सहभागिात जनाउने छन् । मुकेश बरुवाल, रबी शाही र स्वयम्भु राज डंगोलको संयोजनमा यो टोली तयार भएको हो । पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले पनि टोलीको बारेमा धारणा राखेका थिए ।

Comment