नेपाल फाइनलमा प्रबेश

सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरमा शहीद रंगशालामा भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराउँदै नेपाल फाइनलमा प्रबेश गर्न सफल भएको हो । नेपालका लागि ४२ औं मिनेटमा रक्षक पुनम जर्घा मगरले पहिलो अग्रता दिलाएकी थिइन । ७३ औं मिनेटमा अनिता बस्नेतले दोस्रो गोल गरिन । ८२ औं मिनेटमा साबित्रा भण्डारीले र ८६ औं मिनेटमा रेखा पौडेल गोल गरिन् ।
नेपालले उपधिका लागि बुधबार दिउँसो हुने दोस्रो सेमिफाइनल अन्तर्गत भारत र बंगलादेशबीचको विजेतासँग खेल्ने छ ।

Comment