एनआरटी अध्यक्षमा जोशी

काठमाडौं खेल मण्डल (एनआरटी) को चुनावी साधारण सभाले सुन्दरनरसिंह जोशीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यसमा तृतीय उपाध्यक्ष र सचिव बाहेक सबै निर्विरोध भए । प्रथम उपाध्यक्ष योगम्बरमान सुवाल, द्वितीय उपाध्यक्षमा नवीन सुवाल र तृतीय उपाध्यक्षमा गौतमबहादुर मालाकार रहेका छन् । गौतमले विराटकृष्ण श्रेष्ठलाई पराजित गरे । गौतमले ३५ तथा विराटले १९ मत प्राप्त गरे । नरेन्द्रमान श्रेष्ठले महासचिव, दिकेन सुवालले सचिव र अनुजसिंह प्रधानले कोषाध्यक्षको जिम्मेवारी पाए । सचिवमा दिकेनसहित ३ जनाले उम्मेदवारी दिएका थिए । महेन्द्रबहादुर मल्लले उम्मेदवारी फिर्ता लिएपछि दिकेन र किशोर भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । दिकेनले ४७ मत ल्याउदा किशोर ७ मतमै सीमित भए । सदस्यमा सुनीलभक्त जोशी, सतिशकृष्ण श्रेष्ठ, राजु केसी, हरिओम श्रेष्ठ, राजेन्द्र शाक्य, सुरेन्द्रकुमार श्रेष्ठ, सर्वज्ञरत्न मानन्धर, सुन्दर थापा, प्रज्ज्वलकान्त मैनाली र किरणशमशेर राणा निर्विरोध चयन भए ।

Comment