अशोकलाई अस्ट्रेलियमा स्वर्ण


अस्ट्रेलियामा जारी पोर्ट स्टेफन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी अशोक खड्काले स्वर्ण जितेका छन् । अस्ट्रेलियाको सिड्नीस्थित पोर्ट स्टेफनमा अशोकले ३१–३९ वर्ष उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । प्रतियोगितामा आइतबार अशोकले ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् ।

Comment