गोजुरियो प्रतियोगितामा खेलकर्मीको सम्मान


नेपाल गोजुरियो कराते संघ शाखा डोजो स्वयम्भुको आयोजनामा भएको खुला कराते प्रतियोगितामा आकाश दिप डोजो पहिलो तथा इचंखु डोजो दोश्रो भए । त्यसैगरी आयोजक स्वयम्भु डोजो तेश्रो भयो । प्रतिनिधी सभा सदस्य जिवन राम श्रेष्ठ प्रमुख अतिथी तथा नेपाल गोजुरियो कराते संघका अध्यक्ष चन्द्र प्रकास घर्ती र महासचिव बिआर मित्राको विशेष आतीथ्य भएको कार्यक्रममा विभिन्न खेल ब्यक्तित्व सम्मानीत पनि भए । सम्मानीत हुनेमा युएइ तथा नेपाली गोजरियोमा उत्तिकै छाएका रबि शाही लगायत रहे ।
सम्मानीत हुनेमा नेपाल गोजुरियो कराते संघका महासविच मित्रा, सचिव सानुबाबु गीरी,रुपेस श्रेष्ठ, सारदा सुनार,सन्देश लामा,रेस्मा तामाङ,अप्सरा लम्साल,बरुण लामा,क्रितन मर्हजन आशिष कार्की, राज गीरी, राम कुमार श्रेष्ठ,प्रकास राइ र राज कुमार श्रेष्ठ रहे । यसैगरी, राखेपका अधीकृत लोकेन्द्र बस्नेत र सञ्चारकर्मी मनोज घिमिरे पनि सम्मानीत भए । एनआरएनएका स्पोर्ट्, सेक्रेटेरी श्रीराम घिमिरे र कोअर्डीनेटर स्वयम्भु राज डंगोलको पनि उपश्थिती थियो ।

Comment