क्याम्पियनको विजयी सुरुआत

tendi
क्याम्पियन एकेडेमीले प्रथम ललितपुर जिल्ला व्यापीप्लस २ अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा क्याम्पियनले रातो बंगलालाई ४३–४० ले पराजित ग¥यो । विजेताका जेसन सुनवारले १५ अंक जोडे ।
ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा आइन्सटाइनले एसियन कलेज अफ म्यानेजमेन्टलाई ४१–३७ ले हरायो । आइन्सटाइनका सैलेन लिम्बू र विश्व राईले समान १०–१० अंक जोडे । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले उद्घाटन गरे ।
विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । २८ माघसम्म चल्ने प्रतियोगितामा ९ टिम सहभागी छन् ।

Comment