फुटसलमा पुनः अधिकारी

नेपाल फुटसल संघको शनिबार सम्पन्न पहिलो चुनावी साधारण सभाले देवकुमार अधिकारी (बद्री) लाई निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
चार उपाध्यक्षमा सन्तोष पराजुली, सन्तोष खतिवडा, नारायणकृष्ण महर्जन र मदन कोइराला रहेका छन् । बटुककृष्ण थापाले महासचिव, असिम आचार्यले सचिव, अजितकुमार लामाले सह–सचिव र ओमनाथ न्यौपानेले कोषाध्यक्षको जिम्मेवारी पाए । सिताकुमारी खत्री, गणेश गुरागाईं, नगेन्द्र सिंह, अंकित सुवेदी, गोविन्दप्रसाद पौड्याल, सञ्जय लिगल, निशान्त केडिया र शलिना भट्टराई सदस्यमा चयन भए ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत चन्द्रकुमार राईले प्रमाण पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए । साधारणमा केन्द्रीय कार्यसमिति, १२ जिल्ला र फुटसल व्यवसायी महासंघका प्रतिनिधि गरी ४० प्रतिनिधि उपस्थित थिए ।

Comment