अन्तरकलेज बास्केटबल मंगलबारदेखि

rajesh basketball
ललितपुर जिल्लाबास्केटबल संघको आयोजनामा प्रथम ललितपुर जिल्ला व्यापीप्लस २ अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा ९ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं आयोजकका उपाध्यक्ष शरद विष्टले जानकारी गराए ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइनेछ । समूह ‘ए’माकिस्क, क्यारेबियन, एसियनकलेज अफ म्यानेजमेन्ट, आइन्सटाइन र सगरमाथा रहेका छन् । त्यस्तै जेम्स, क्याम्पियन एकेडेमी, रातो बंगला र ओमेगा इन्टरनेसनल कलेज समूह ‘बी’मा परेका छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । पहिलो हुनेले १५ हजार र दोश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । एघार दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु राष्ट्रिय खेलकुद परिषद् हाता र नखिपोटमा खेलाइने छ ।
पत्रकार सम्मेलनमा ताल्छीखेल जाग्रिती युवा क्लबका अध्यक्ष दीपेश याक्साले आयोजक संघका अध्यक्ष राजेश ध्वजकार्कीलाई सहयोग स्वरुप बल हस्तान्तरण गरेका थिए ।

Comment