हरिशरण महर्जनस्मृति अन्तरस्कुल चेस सुरु

तेस्रो हरिशरण महर्जनस्मृति अन्तरस्कुल चेस टुर्नामेन्त सुरु भएको छ । शुक्रबार पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न भए । जसमा गल्र्स क्रियटिभ एकेडेमीकी गरिमा सुवेदी र टिलिङ्गटारकी आइशा तिमल्सिना, जुनियरमा पुष्पसदनकी सुभाना महर्जन, युनिशा सुवेदी, त्रियोग हाइस्कुलकी मार्शल तामाङ्ग र टिलिङ्गटारकी सन्तोषी विक र सबजुनियरमा पुष्पसदनकी शिवानी रिजाल र पृथ्बी स्कुलकी कनिष्का न्यौपाने समान २ अंकका साथ अग्रस्थानमा छिन् ।

किर्तिपुरको पुष्पसदन आवासीय माध्यमिक विद्यालयमा संचालित खेलमा ब्बाइज सिनियरतर्फ अन्नपूर्णका समिर अन्सारी, दिपेन्द्र गमाल, ल्याबका विज्ञान घिमिरे, मनोज बुढा, पुष्पसदनका रोशन आचार्य, सरोज कुँवर, जेम्सका आरिन भट्ट, जुनियरतर्फ अन्नपूर्णका प्रसिद्दजंग कार्की, प्रबेश लामा, बिएन एकेडेमीका कुशल भट्ट, जुगल स्कुलका आदर्श यादव, लोक आदर्शका विवेक बिक र सब जुनियरतर्फ बाघभैरवका गिभसन एकोइजोम, पुष्पसदनका सुप्रभसागर श्रेष्ठ, रोजेश तामाङ्ग, जुगलका प्रबल खरेल, अन्नपूर्णका आयुष बोहरा, टिलिङ्गटारका बिशाल चौधरी समान २ अंकका साथ अग्रस्थानमा रहेका छन् ।

दुईदिने प्रतियोगितामा उपत्यकाका २१ वटा स्कुलबाट ४३ जना छात्रासहित १८३ जना खेलाडीहरु सहभागी छन् ।

Comment