कुल बहादुरको प्रेरणामा नमुनादिपको यात्रा, फाइनल भिडन्त गण्डकी प्रदेशसंग

गण्डकी प्रदेश र नमुना दिप युवा क्लब मन्थली मेयर कप रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको फाइनलमा प्रबेश गरेका छन् । फाइनल प्रबेश गर्ने क्रममा नमुनादिपले शान्तीदिप युवा क्लबलाई २५–१८,२१–२५,२६–२४,२५–१३ ले पराजित ग¥यो । गत बर्षको उपविजेता शान्तीदिप विरुद्धको नमुनादिपलाई जित दिलाउने क्रममा कुल बहादुर थापाले प्रेरणादायी प्रदर्शन गरे । नेपाली भलीबलमा परिचित अनुहार मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट, दुर्गा महतो र हरी अधीकारी सम्मलीत टोलीकोविरुद्धमा थापाको प्रदर्शन उल्लेख्य रहेको थियो । नमुनादिपमा प्रज्वल मल्ल, ध्रुब पौडेल र महेन्द्र श्रेष्ठ लगायत खेलाडी थिए । अर्को सेमिफाइनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर एकलाई २५–२१,२५–९,२५–२० ले हरायो । गण्डकीलाई जित दिलाउने क्रममा लक्ष्मण राना र कप्तान हरि पाण्डेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिता शनीबार सम्पन्न हुने छ । प्रतियोगितामा मन्थली नगरपालीका मुख्य प्रायोजक तथा मुख्य सह आयोजक रहेको छ । यसैगरी, रामेछाप नगरपालीका,ु सुनापती गाउँपालीका, खाँडाँदेवी गाउँपालीका,लिखु तामाकोसी गाउँपालीका, उमाकुण्ड गाउँपालीका, गोकुलगंगा गाउँपालीका र दोरम्बा गाउपालीका सहआयोजक रहेका छन् ।
कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको थियो । प्राय सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरु रहेका थिए । प्रतियोगिताका विजेताले ३ लाख, उपविजेताले दुइ लाख तथा तेश्रो हुनेले एक लाख रुपैया पुरस्कार पाउने छन् ।
गत सस्करणमा सुदुर पश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजयी भएको थियो ।

Comment