ओप्स सेब बास्केटबल सम्पन्न, एन्जलहार्टलाई उपाधि

seb1
एन्जलहार्ट स्कुलले प्रथम ओप्स सेब अन्तरस्कुल बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा एन्जल हार्टले आयोजक सेबलाई १९–१७ ले पराजित गर्यो । पहिलो र दोस्रो क्वार्टरमा सेबले ७–६ र ४–३ ले अग्रता लिएको थियो । तेस्रो क्वार्टरमा एन्जलहार्ट ३–२ को अग्रता लिए पछि अन्तिम क्वार्टर बाकी रहदा सेब १३–१२ ले अघि थियो । अन्तिम क्वार्टरमा सेबले ४ तथा एन्लहार्टले ७ स्कोर गरे पछि समग्रमा एन्जलहार्टले१९–१७ ले जित हात पारेको थियो । फाइनल खेलमा ११ स्कोर गरेका एन्जलहार्टका दिपेस छन्त्याल मस्ट भ्यालुएबल प्लेयर पनि चुनीए । प्रतियोगिताका हाइएस्ट स्कोरर हेमरश्मीका सुजन लिम्बु भए । सेबका राम लिम्बु बेस्ट थ्रीप्वाइन्टर भए ।
प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा हिमरश्मीले मञ्जरीलाई १२–१० ले हरायो । चौथो स्थान हात पारेको मञ्जरी अनुशाषित टीम पनि घोषित भयो । विजेतालाई काठमाडौ प्याब्सनका अध्यक्ष थकिन कुमार गुरुंग,आयोजक सेब स्कुलका प्रीन्सीपल युवराज थापा र  ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्काले पुरस्कार वितरण गरे । १४ माघ देखि सुरु प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।

Comment