तेस्रो हरिशरण महर्जन स्मृतिमा बुद्धिचाल प्रतियोगिता सुरु


स्वर्गीय हरिशरण महर्जनको स्मृतिमा ‘तेस्रो हरिशरण महर्जन स्मृति खुल्ला बुद्धिचाल प्रतियोगिता’ सुरु भएको छ । किर्तिपुरको पुष्पसदन आवासीय माध्यमिक विद्यालयमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो।
१८०० भन्दा कम रेटिङ भएका खेलाडीले भाग लिएको प्रतियोगितामा १०४ जना खेलाडी सहभागी छन् । स्विस लिग अन्तर्गत ७ चरणमा हुने प्रतियोगितामा शनिबार ३ खेला सम्पन्न भयो। बाकीं खेल भने माघ २६ र २७ गते हुनेछ।
आयोजक विद्यालयका अनुसार खुल्लातर्फ प्रथम हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ७ हजार पाउनेछन्। त्यसैगरी, चौथोंले पाचँ हजार र पाचौंले ३ हजार तथा छैटौंदेखि १० औं स्थान सम्मका खेलाडीले जनही १ हजार नगद प्राप्त गर्नेछन्।
खुला प्रतियोगिताको दौरान अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता पनि हुने विद्यालयका संस्थापक महेश श्रेष्ठ बताउछन्। अन्तर विद्यालय प्रतियोगिता माघको २५ र २७ गते हुदैँछ । अन्तर विद्यालयतर्फ ३ समूहमा प्रतिस्पर्धा हुनेछ। कक्षा १ देखि ४ (सब–जुनियर), कक्षा ५ देखि ७ (जुनियर) र कक्षा ८ देखि १० (सिनियर) मा खेलाडीले आ–आफ्ना विद्यालयबाट सहभागिता जनाउन सक्नेछन्।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं कितिपुर निवासी हरिशरण महर्जनको स्मृतिमा प्रतियोगिता हुँदै आएको हो ।

https://www.youtube.com/watch?v=4HQV3Z-3jh8
Comment