न्यू डायमन्ड एकेडेमीको अर्को फड्को


न्यू डायमन्ड एकेडेमीले तेश्रो सस्करणको भलीबल प्रतियोगिताको तयारी सुरु गरेको छ । दोश्रो सस्करणको प्रायोजक होङ्गवान्जी बौद्ध समाजसंग क्लबले तेश्रो सस्करणको लागि पनि प्रायोजन सम्झैता गरेको छ । तेस्रो संस्करण अर्काे वर्षको पुस अन्तिमा साता हुनेछ । होङ्गवान्जी बौद्ध समाजकै एक वर्षको १५ लाख रुपैया उपलब्ध गराउने छ । यसमा न्यू डायमन्ड कपको पहिलो र दोस्रो पुरस्कारको ७ लाख २ हजार रुपैया रहेको छ । साथै खेल पोशाकका लागि बुधबारबाट लागु हुनेगरी ३ लाख रुपैया र अन्य विविधको ५ लाख रुपैया उपलब्ध गराउनेछ ।
सम्झौता पछि सम्झौता बाँकी रहँदा सम्म न्यू डायमन्डले सहभागिता जनाउने प्रतियोगितामा ‘होङ्गवन्जी न्यू डायमन्ड’ को नामबाट प्रतियोगिता खेल्नेछ ।तेस्रो संस्करणको पुरस्कार राशिमा पनि बृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ४ लाख १ हजार रुपैया, उपविजेताले ३ लाख १ हजार रुपैया, तेस्रोले २ लाख १ हजार रुपैया र चौथोले १ लाख १ हजार रुपैया पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैया तथा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले ७–७ हजार रुपैया पाउने छन् ।

Comment