मस्को हाप्किडो ओपनमा नेपाललाई स्वर्ण


तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका खेलाडीले पदक जित्न सफल भएका छन् । हाप्किडो डेभलपमेन्ट सेन्टरद्वारा आयोजित च्याम्पियनसिपमा सोमबार नेपालले समान एक स्वर्ण, रजत र कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरले जानकारी दिए ।
पुरुषतर्पm नेपालका दीपक छन्त्यालले ७८ केजी तौलसमूहमा स्वर्ण जित्न सफल भए । पुरुषकै ६६ केजीमुनि विक्रम स्वर्णकार फाइनलमा स्तब्ध भएपछि रजत पदकमै सीमित हुन पुगे । महिलातर्पm वसन्ती बुढामगरले कांस्य पदक जितिन् । च्याम्पियनसिपमा भएको डेमोन्स्ट्रेसनतर्पm भने नेपाली टिम दोस्रो भयो ।
नेपाल मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरको नेतृत्वमा चार सदस्यीय टोलीले प्रतिस्पर्धा गरेका थिए । संघ अध्यक्ष कालिबहादुरले अन्तर्राष्ट्रियस्तरमा खेलाडीले उत्कष्ट प्रदर्शन गर्दै पदकमार्पmत राष्ट्रको शीर उचो राखेको बताए ।

Comment