ध्रुब नै अब्बल

काठमाडौ जिल्ला खेलकुद विकास समितीले एउटा अभियान थालेको छ । काठमाडौं जिल्लाका सबै सामुदायीक विद्यालयमा निशुल्क खेलकुद प्रशिक्षण सुरु गर्ने यो निर्णयलाई अत्यन्त महत्वका साथ हेरिएको छ । “ सामान्य नेपाली नागरिकलाई खेलकुदमा संलग्न गराउने यो भन्दा उपयुक्त कदम अर्को हुनै सक्दैन । ”जिल्ला खेलकुद विकास समितीका अध्यक्ष ध्रुब राज न्यौपानेले भने । “ आर्थीक अबस्था कमजोर हुनेनै प्राय सरकारी विद्यालयमा अध्ययन गर्ने हो । उनीहरुले शुल्क तीरेर खेलकुद प्रशिक्षण गर्नु त्यत्ति ब्यबहारिक हुदैन । ”
यसका लागि राष्ट्रपती कपमा समाबेश विद्यालयलाई जिल्ला खेलकुद विकास समितीले नै सम्पर्क गरिसकेको छ । साथै अन्य विद्यालयका लागि सुचना प्रकासीत गरिएको छ । यसका लागि काठमाडौ जिल्लामा संलग्न सबै प्रशिक्षकलाई खटाइने छ । यातायात र खाजाको ब्यबस्था भने जिल्ला खेलकुद विकास समितीले नै गर्ने छ ।
नेपालमा रहेका जिल्ला खेलकुद विकास समितीका अध्यक्ष मध्य न्यौपाने पृथक मानीन्छन् । प्राय खेलकर्मी र खेल विज्ञको सल्लाहमा चल्ने उनी कसैले राम्रो र विकास उन्मुख प्रश्ताब ल्याए सकरात्मक भइहाल्छन् । यसैको उपज हो, यो कार्यक्रम । त्यसो त ६ महिना पछि उनको कार्यकाल समाप्त हुदै छ । स्थानीय तहमा खेलकुद पुग्ने सम्भावना प्रबल देखिन्छ । त्यसो भएमा स्थानीय सरकारले पनि यसलाई निरन्तरता दिने आशमा उनी छन् ।
उत्पादनमुलक काममा मात्र ध्यान दिने उनको आदत र स्वभावका कारण धेरै राजनितीक ब्यक्ति र सरकारी कर्मचारी आजित हुनु स्वभाबिक नै हो । यसका कारण उनको विरुद्धमा सक्रिय रहनेहरु पनि नभएका होइनन् । त्यसका बाबजुद उनी लगातार उत्पादनमुलक काममा आफूलाई केन्द्रित गरेका छन् । उनी भन्छन्,“ अन्य पेशाबाट आर्य आर्जन गर्दै राजनितीक नियुक्तीलाई नतीजा उन्मुख काममा लगाए अन्य समस्या नै उब्जदैनन । ”उनका अनय केही योजना पनि छन् । राज्यका निकाय भन्दा पनि खेलकुदमा अग्रणी केही खेलकुद निकाय छन् । तेक्वान्दोको कोटेश्वर डोजाङ, करातेको बालाजु कराते एकेडेमी र भलीबलको न्यु डाइमन्ड एकेडेमी काठमाडौंमा नै रहेका छन् । नमुना विद्यालयको न्यु डाइमन्डले एउटा महत्वपूर्ण सहयोग पाइसकेको छ । यसे खाले निकायलाई बलियो बनाउन योजना तर्जुमा गर्ने उनको अर्को योजना हो ।
त्यसो त कीर्तिपुरमा रहेको क्रिकेट मैदानलाई ब्यबस्थित बनाउने काम, गोल्ढुंगाको फुटबल मैदान लगायत भौतीक संरचनाका सवालमा थुप्रै महत्वपूर्ण काम उनको कार्यकालका थप सफलता हुन् । अझ ब्यबस्थित बनाउन विगतका महत्वपूर्ण नतीजाका तथ्यांकमा उनको अबको ध्यान छ ।
उनको खेल प्रतिको समपर्ण र जिम्मेवारी बोधले भन्छ उनी नेपाली खेलकुदमा राजनितीक नियुक्ती पाएर रहने मध्यका एक उत्कृष्ट ब्यक्तित्व हुन् ।

Comment