कराते स्टार बिनोदको नेतृत्वमा ललीतपुर संघ

ललितपुर जिल्ला खेलाडी तथा प्रशिक्षक संघको अध्यक्षमा विनोद शाक्य गुभाजु शुक्रबार चयन भएका छन् । १० औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता शाक्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन गरिएको छ । अध्यक्षमा चयन शाक्य नेपाली करातेमा खेलाडी तथा प्रशिक्षकको रुपमा उत्तिकै सफल ब्यक्तित्व हुन् ।
उपाध्यक्षमा विनोद महर्जन, सुरज श्रेष्ठ र विमलकुमार पहारी, सचिवमा विजय खड्का, सह–सचिवमा लक्ष्मी चौलागाईं विष्ट र कोषाध्यक्षमा दिनेश शाहीलाई जिम्मेवारी दिइएको नेपाल खेलाडी तथा प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष महेश महर्जनले जनाएका छन् ।
सदस्यमा विज्ञान महर्जन, राजेश वज्राचार्य, सुनील नकर्मी, मिना पाठक, विमला मानन्धर, रिक्ष चौलागाईं, राजेश श्रेष्ठ, सागर चित्रकार, महेश महर्जन, चन्द्रबहादुर श्रेष्ठ, विमला कार्की र विप्लवलाल श्रेष्ठ रहेका छन् ।

Comment