सोतो कराते टोली दुबई प्रस्थान

कराते सेमिनारमा सहभागी हुन नेपाली सोतो कराते टोली बिहीबार दुबई प्रस्थान गरेको छ । शुक्रबारदेखि सुरु हुने दुईदिने सेमिनारमा नेसनल सोतो कराते डो संघ नेपालका अध्यक्ष राजेन्द्र बानियाँ, उपाध्यक्ष बलबहादुर कुँवर, सचिव घनश्याम भट्ट तथा सदस्य सन्जिव बस्नेत र डिल्ली पंगेनी सहभागी हुने छन् ।
त्यस्तै दुबईमै हुने एडभान्स कोचिङ डिप्लोमा सहभागी हुन फणिन्द्र ओझा पनि बिहीबारै टोलीसंगै प्रस्थान गरेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सोतो कराते संघका उपाध्यक्ष गजेन्द्र साओदले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment