सोतोकान कराते टोली भारत जाने

२७ औं ओपन इन्टरनेसनल सोतो कपमा सहभागी हुन २१ खेलाडीसहित २५ सदस्यीय नेपाली सोतोकान कराते टोली बिहीबार भारतको कोलकोत्ता प्रस्थान गर्ने भएको छ । माघ ५ र ६ गते हुने प्रतियोगितामा सुशान्त कुमाल, सुनील सेन्चुरी, अडोल्फ अलेक्जेण्डरजङ सापकोटा, मनोज घलान, रोमन तामाङ, समिर लामा, शुलभ थापा, सविन्द्र शाही, दिपेश राई, प्रनिश श्रेष्ठ, श्रवण यादव, इशान बाँस्कोटा, विकास तामाङ, सुनिता मगर, आशा तामाङ, सोनु तामाङ, रोजिना डंगोल, सुस्मिता कालाखाती, अस्मिता मोक्तान, सिर्जना केसी र रितिका पौडेलले प्रतिस्पर्धा गर्नेछन् ।उक्त प्रतियोगितामा श्याम शेर्पा, विनोद सापकोटा, सुशान्त मोदक र सुरज श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

Comment