नोर्बु भन्छन् “पुम्से विधाले नेपाली तेक्वान्दोलाई स्वर्णीम बाटोमा लैजान सक्छ ”

तेक्वान्दोले ओलम्पिकमा प्रबेश पाएको तीन दशक पार गरिसकेको छ । सुरुवातमा ग्योरोगीले मात्र बृहद खेलकुद महोत्सबमा प्रबेश पाए पनि पछिल्लो समय पुम्सेको स्पर्धाले पनि बृहद खेलकुद महोत्सबमा प्रबेश पाउन थालेको छ । इन्डोनसियाको जाकार्तामा भएको १८ औ एसियाली खेलकुदमा पुम्से विधाले प्रबेश पायो भने सन् २०२४ को ओलम्पिक देखि पुम्सेले प्रबेश पाउने अपेक्षा गरिएको छ ।
नेपालमा भने यो विधाको विकास भइरहदा स्युचाटार तेक्वान्दो डोजाङ र यसका मुख्य प्रशिक्षक नोर्बु लामाको भुमिका त बिशेष नै छ । त्यसो त स्युचारटार र यसका प्रशिक्षक नोर्बुको नेपाली तेक्वान्दोमा अहम भुमिका छ । पछिल्ला केही बर्ष त नोर्बु नेतृत्वकै स्युचाटारको उत्पादन अस्मिता खड्का तेक्वान्दोको ग्योरोगी तर्फकी नया स्टारको रुपमा छाइनै रहेकी छिन् । समग्र तेक्वान्दोमा नोर्बु र उनको नेतृत्वमा रहेको डोजाङको भुमिकाको चर्चा हो यो ।
जहाँसम्म पुम्सेको कुरा छ, नेपालमा पनि ग्रेडिङकै लागि यो विधा अनिबार्य त थियो नै । तर, प्रतियोगितालाई लक्षित गर्दै तयारी गर्ने र घरेलु ऐरेनामै यसलाई प्रतियोगिताको स्वरुप दिने क्रम छैठौ राष्ट्रिय खेलकुद देखि सुरु भएको हो । प्राय आमन्त्रण महोत्सबमा नेपाली पुम्से टोलीको सहभागिता रहे पनि अफीसीयल प्रतियोगिताको रुपमा भियतनाममा भएको २३ औ एसियाली ग्योरोगी तथा पाचौ पुम्से च्याम्पियनसीपमा नेपालको तर्फबाट चितवनकी पार्वती गुरुङ र नेपाल प्रहरीका कमल श्रेष्ठले सहभागिता जनाए ।


गत एसियाली खेलकुदमा भने पुम्सेले अलिकती सम्भावना देखाएको थियो । टिम पुम्सेमा नेपाली महिला टोली क्वार्टरफाइनलमा प्रबेश गरेको थियो । टोलीमा पार्वतीको साथमा सिना मादेन र निता श्रेष्ठ समाबेश थिए । यी हरेक सहभागितामा नेपाली टोलीको प्रशिक्षणको जिम्मेवारी नोर्बुले नै पाएको थिए । राष्ट्रिय खेलकुद परिषद्ले १८ औ एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनको आधारमा १३ खेलको बन्द प्रशिक्षण गराएको छ । सो बन्द प्रशिक्षणमा ग्योरोगी तर्फ पछिल्लो एक दशकमा प्रभावकारी रहेकी नेपाल आर्मीकी ज्ञानु चुनारा र १२ औ साग देखि उदाएका नेपाल पुलिस क्लबका विर बहादुर महरा रहेका छन् । यसैगरी, पुम्से तर्फ पार्वती र सिना रहेका छन् ।
टोलीको प्रशिक्षणको जिम्मा अहिले पनि नेपाली तेक्वान्दोका दुइ प्रभावकारी शक्ति स्युचाटारका नोर्बु र कोटेश्वरका प्रशिक्षक नबीन कुमार श्रेष्ठले पाएका छन् । नबीनले ग्योरोगी तथा नोर्बुले पुम्सेको जिम्मेवारी सम्हालेका छन् । टोलीले बिहान दुइ घन्टा लगनखेलस्थित नेपाल आर्मीको प्रशिक्षण केन्द्र तथा बेलुका दुइ घन्टा कोटेश्वर डोजाङमा प्रशिक्षण गरिरहेका छ । यो टोलीले भबीश्यमा कस्तो प्रभाव पार्छ भन्ने यकिन गर्न त कठिन होला । तर, दुवै प्रशिक्षक यी चार जना खेलाडी माथि आशाबादी देखिन थालेका छन् । २५ मंसिर देखि ५ माघसम्मको यो प्रशिक्षणले धेरै सिक्ने अबसर पाएको तथा आत्मबल पनि बढेको यी चारको अनभुब भए पनि ५ माघ देखि सो प्रशिक्षण शिबीरको अन्त्य हुने छ । यो छोटो समयमा पनि आफ्ना खेलाडीले धेरै कुरा सिकेको नोर्बु बताउछन् । नोर्बकै विचारमा अहिले यो प्रशिक्षण पछि चार खेलाडी नै राम्रो फर्ममा रहेका छन् । साथै यो क्याम्पले मनोबल पनि उच्च पारेको उनी बताउछन् । आसन्न आठौ राष्ट्रिय खेलकुदसम्म यो प्रतियोगिता निरन्तर गरेको भए अझ थप निखारिने मौका पाउने नोर्बु बताउछन् । नबीन पनि साग खेललाई मध्यनजर राख्दै प्रशिक्षण निरन्तर भए माथिल्लो स्तरको नतीजाको सम्भावना रहेको बताउछन् ।
आसन्न दक्षिण एसियाली खेलकुदमा पुम्से समाबेश भए राम्रो नतीजाको आशामा नोर्बु छन् नै ।समाबेश गरिएका मध्य ७५ प्रतिसत स्वर्ण पदकको आशा नोर्बुको छ । उनको विचारलाई खेर जान नदिन त्यत्तिकै समर्पीत छन्, पार्वती र सिना लागतयका खेलाडी पनि । राष्ट्रिय खेलकुद परिषद्को यो निर्णय महत्वपूर्ण भएको बताउदै दुवै प्रशिक्षक यसले नेपाली तेक्वान्दो पुर्नउत्थान तर्फ उन्मुख हुन सक्ने धारणा राख्छन् ।

Comment