महेश्वर सम्मानित

काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघले विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको छ । सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदीले महेश्वरलाई सम्मान पत्र र नगद ५१ हजार रुपैयाँ प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । नेपाली शारीरिक सुगठनको इतिहास महेश्वरले हासिल गरेको उक्त उपलब्धी हालसम्म अरु खेलाडीले हात पार्न सकेका छैनन् ।

Comment