विनितालाई स्वर्ण


नेपालकी विनिता महर्जनले पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार स्वर्ण जितेकी छन् । महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन् ।
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको पुरुष २३ केजीमा नेपालका रोयल लामा पहिलो भए । उनले फाइनलमा आफ्नै राष्ट्रका सोहन गौतमलाई हराए ।
महिला ४५ केजीको फाइनलमा बंगलादेशकी प्रिया चौहानले नेपालकी विनिता चपाईंलाई पाखा लगाउदै पहिलो भइन् । महिला २७ केजीमा भुटानकी खुशी गुरुङले स्वर्ण जितिन् । फाइनलमा खुशीले नेपालकी सपना तामाङको चुनौती पन्छाइन् ।
प्रतियोगिताको नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा ६ राष्ट्रका १ हजार ३ सय १७ खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजक डोजोका प्रमुख गजेन्द्र खपाङ्गीले जनाएका छन् ।

Comment