प्रेमकृष्ण, नबीन र गोबिन्द काठमाडौबाट छनोट


प्रेमकृष्ण मर्हजन, नबीन तण्डुकार र गोबिन्द खड्काले काठमाडौ जिल्लाबाट आसन्न आठौ राष्ट्रिय बुद्धीचाल प्रतियोगितामा प्रदेश नम्बर तीन छनोटमा काठमाडौ जिल्लाको प्रतिनिधीत्व गर्ने भएका छन् । आइतबार सम्पन्न छनोटमा काठमाडौबाट यी तीन छानीएका हुने । ६ चरणको खेलमा प्रेमकृष्णले ५.५,नबीनले ५ तथा गोबिन्दले ४.५ अंक प्राप्त गरे ।
छनोट हुन सफल खेलाडीलाई काठमाडौ जिल्ला खेलकुद विकास समितीका प्रसासकीय अधीकृत धन अजुन राइले बधाइ तथा शुभकामना दिए । कार्यक्रममा नेपाल बुद्धीचाल संघका बरिष्ठ उपाध्यक्ष विदुर गौतम, फिडे ट्रेनर तथा पूर्व राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठ , फीडे मास्टर मनीष हमाल, काठमाडौ जिल्ला बुद्धीचाल संघका अध्यक्ष अमृत चन्द्र श्रेष्ठ र सचिव नारायण श्रेष्ठ लगायतको उपश्थिती थियो ।

Comment