प्रदेश ४ बक्सिङ छनोट सुरु


वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ४ खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि पोखरमा सुरु भएको छ ।प्रतियोगितामा पुरुषतर्फ ३५ र महिला ६ खेलाडीको सहभागिता रहेको मूल आयोजक समितिका सदस्य कुमार बस्नेतले जनाएका छन् । पुरुषमा ८ र महिलामा ६ तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष शैलेश कर्माचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । राष्ट्रिय बक्सिङ माघ २२ देखि बसन्तपुर डबलीमा हुँदैछ ।

Comment