महेश्वरलाई शुभताराको सम्मान


दसौं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले शनिबार नगदसहित सम्मान गरेको छ ।
शुभताराको २० औं वार्षिक खेलकुद दिवसको समापनका अवसरमा शुभताराकी निर्देशक रानी गुरुङ कक्षपतिले महेश्वरलाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरी सम्मान गरिन् ।
थाइल्यान्डको चाङमइमा डिसेम्बर ११–१७ तारिखसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा महेश्वरले जितेको उक्त स्वर्ण पहिलो हो । महेश्वर एसियाली शारीरिक सुगठनमा पनि स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी महेश्वरले खेलकुद दिवसका विजेतालाई पुरस्कृत समेत गरेका थिए ।

फाइल तस्बिर
Comment