मानसिंह डोजो च्याम्पियन

मानसिंह डोजोले प्रथम टोखा मेयर कप वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । टिम च्याम्पियन मानसिंहले ७ स्वर्ण, ६ रजत र ६ कांस्य जित्यो ।
आयोजक गोंगबु डोजो ४ स्वर्ण, ५ रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको पिइएले ३ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो ।
पुरुषमा दावा तामाङ तथा महिलामा सोनिका खड्का उत्कृष्ट खेलाडी घोषित भए । दुवै आयोजकका हुन् । पुरुषमा पिइएका भिआई राई तथा महिलामा ललितपुरकी एलिशा पहरी उदीयमान खेलाडी चुनिए ।
दुईदिने प्रतियोगितामा विभिन्न २० डोजोका ३ सय खेलाडीले १९ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक गोंगबुका प्रशिक्षक सुजेन्द्र केसीले जनाएका छन् ।

Comment