मुवाँथाइ टोली कम्बोडिया प्रस्थान


दोश्रो विश्व कुन खेमर च्याम्पियनसिपमा सहभागी हुन नेपाल राष्ट्रिय मुवाँथाइ संघको ७ सदस्यीय टोली बुधबार कम्बोडिया प्रस्थान गरेको छ ।
डिसेम्बर २८ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा गुणराज रुचाल, सनिलकुमार चौधरी र सुमित महतोले प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपति, प्रशिक्षकमा उत्तम गुरुङ तथा अफिसियलमा केशवबहादुर रानाभाट र सुवास पन्त छन् ।

Comment