खेलकुदका नाममा समानान्तर संघहरु गठन गर्नेलाई कारवाही हुन्छ–उपाध्यक्ष तिमिल्सेना

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सेनाले खेलकुद क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणमा आफु चुप लागेर नबस्ने बताएका छन् । नेप्लीज टेक्वान्डो एकेडमी तथा कागेश्वरी मनोहरा नगरपालिका खेलकुद् बिकास समितिको संयुक्त आयोजनामा आयोजना भएको एक दिवसीय अन्तर डोजाङ्ग तेक्वान्दो प्रतियोगिताको समापन समारोहमा बोल्दै उपाध्यक्ष तिमिल्सेनाले सो कुरा बताएका हुन् ।
समापन समारोहमा बोल्दै उपाध्यक्ष तिमिल्सेनाले खेलकुदसँगको समानान्तर संघहरु गठन हुनुले कलिला खेलाडीहरुको भबिष्य अन्यौलता तर्फ धकेलिने भएकाले यस तर्फ सर्तक रहन समेत सम्वन्धित पक्षलाई सचेत गराए । एक दिवसीय अन्तर डोजाङ्ग तेक्वान्दो प्रतियोगितामा नेप्लिज टेक्वान्डो एकेडमी प्रथम बन्न सफल भएको थियो भने शारदा एकेडमी दृतिय तथा बालगिताञ्जली स्कूल तृतीय भएका थिए । कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका डोजाङ्ग तथा बिभिन्न बिद्यालयका करीव २ सय जना खेलाडी सहभागी रहेको उक्त प्रतियोगिताका बिभिन्न उमेर तथा तौल समूहका बिजेता पुरुष तथा महिला खेलाडीहरुलाई पुरस्कृत गरीएको थियो । कार्यक्रममा नेप्लिज तेक्वान्दो एकेडमीका अध्यक्ष अशोक खड्काले स्वागत मन्तब्य राखेका थिए ।

Comment