धावक केसी सम्मानित

सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रेडियन्टले आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा केसीलाई सम्मान गरेको हो ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा र रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले केसीलाई दोसल्ला ओढाउनुका साथै प्रशंसा पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरे । केसीले १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली एथलेटिक्स च्याम्पियनसिपमा कांस्य जितेका थिए ।

Comment