मध्यमाञ्चललाई रग्वी उपाधि

rygby team edited
मध्यमाञ्चलले प्रथम राष्ट्रिय रग्वी च्याम्पियनसिपको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २२–१३ ले पराजित ग¥यो । नेपाल रग्वी संघद्वारा आयोजित प्रतियोगितामा मध्यपश्चिमाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो । नेपालमै पहिलो पटक भएको राष्ट्रिय स्तरको रग्वीमा पाँच विकास क्षेत्रका ५ पुरुष टिम सहभागी थिए ।
विजेतालाई रग्वी संघका अध्यक्ष टंकलाल घिसिङलगायतले पुरस्कृत गरे । यसअघि सेभन ए साइड यो प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले उद्घाटन गरेका थिए ।

Comment