तालिम सुरु

स्पेसल ओलम्पिक नेपाको आयोजनामा लेभल वान प्रशिक्षक तालिम शनिबारदेखि बागबजारस्थित हार्दिक होटलमा सुरु भएको छ । दुईदिने तालिममा ३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । एसिया प्यासिफक क्षेत्रका सिनियर स्पोर्ट्स म्यानेजर डा. जोन नागर्जुनले सहभागीलाई प्रशिक्षण दिइरहेका छन् । तालिमको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Comment