इन्डो नेपाल कराते प्रतियोगिता साताको अन्त्यमा

आगामी शनीबार नवशान्ती डोजोको आयोजनामा १६औं इण्डो नेपाल कराते तथा किक बक्सिङ्ग प्रतियोगिता २०७५ आयोजना हुने भएको छ । डोजाको बार्षिक उत्सबको अबसरमा आयोजना हुने सो प्रतियोगितामा नेपालबाट १५० र भारतबाट ५० खेलाडीहरु सहभागी हुने जनाइएको छ । सो प्रतियोगितामा २०० जना खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ । अफिसियल कराते तर्फ २२ इभेन्ट, काता तर्फ ४ इभेन्ट र किक बक्सिङ्ग तर्फ ४ इभेन्ट हुनेछ । कुल ३० सुवर्णका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले गर्ने छन् । प्रतियोगिता नव शान्ति क्लबको प्राङ्गण शान्ति टोल मनमैंजुमा हुनेछ । प्रतियोगिताको अनुमानीत लागत कुल खर्च अक्षरुपी तीन लाख उन्नाइस हजार रुपैया रहेको छ । सो रकम आयोजक डोजोले नै व्यहोर्ने कुराको जानकारी शाखा प्रमुख तथा प्रशिक्षक एवं प्रतियोगिताका संयोजक राजेन्द्र कुमार ओझाले दिए ।

Comment