मनमैजु डोजोलाई मेयर कप उपाधि

दोश्रो नागार्जुन नगरपालीका मेयरकप कराते च्याम्पियनसीपको उपाधि मनमैजु डोजोले जितेको छ । शनीबार सम्पन्न प्रतियोगितामा मनमैजु डोजोले ७ स्वर्ण र २ रजत पदक जितेको हो । यसैगरी, ४ स्वर्ण, ७ रजत र ८ काश्य सहित आयोजक इचंगुं नारायण डोजो दोश्रो भयो । ३ स्वर्ण र एक काश्य जितेको मानसिंह डोजो तेश्रो भयो । इचंगुु नारायण डोजो र इचंगु सामुदायीक तथा खेलकुद विकास समितीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष तर्फ आयोजकका सेभेन श्रेष्ठ तथा महिला तर्फ मनकामना डोजो म्हेपीकी अनीसा रसाइली उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीलाई आयोजक डोजोका स्थापना कालका प्रमुख प्रशिक्षक रामेश्वर लामाले पुरस्कार प्रायोजन गरे ।
प्रतियोगिताको विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथी प्रायोजक सस्था नागार्जुन नगरपालीकाका उपमेयर सुसीला अधीकारीले पुरस्कार प्रदान गरिन् । समापन समारोह आयोजक इचंगु नारायण करातेडोका अध्यक्ष बाबुराम लामाको सभापतीत्वमा भएको थियो ।
कार्यक्रम संयोजक तथा डोजो प्रमुख सन्तोष चाम्लीङले दिएको जानकारी अनुसार दुइ दिने प्रतियोगिताका कातामा दुइ तथा कुमुतेमा १९ स्पर्धा समाबेश थिए ।

Comment