रत्नजित दोश्रो चरणमा नङ्गशल र अमिताको जोडी क्वाटरमा

नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ्गले बंगलादेशमा मंगलबारबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८ मा सफलता हात पारेका छन् ।
पुरुष एकल तर्फ रत्नजितले पुरुष एकलमा भारतका अङकुर साङ्गपाङ्ग राईलाई २१ – ११, २५ – २३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका छन् । अव उनले मलेसियाका जुल्हेल्मी जुल्किफ्ली संग प्रतिस्पर्धा गर्ने छन् । अर्का खेलाडी दिपेश धामी भने पराजित भएका छन् । धामी ईन्डोनेसियाका क्रिष्टियन एडिनाटा संग २१–१८, २१–१३ ले पराजित भएको टिम ब्यवस्थापक सुभाष श्रेष्ठले बंगलादेशबाट जानकारी गराएका छन् ।
पुरुष जोडीमा भने रत्नजित र दिपेशको जोडी बाई प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरेका छन् । यस्तै महिला जोडीमा पनि नङ्गशल देवी तामाङ्ग र अमिता गिरीको जोडीले मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वाटरफाईनल यात्रा तय गरेका छन् भने मिश्रीत जोडी तर्फ दिपेश धामी र अमिता गिरीको जोडी मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरेका छन् ।

Comment