सोतोकानको बेल्ट ग्रेड सम्पन्न

नेपाल सोतोकान कराते संघ (एसकेडियुएन), भक्तपुर जिल्लाले खेलाडीहरुको बेल्ट ग्रेड सम्पन्न गरेको छ । राखेपका पूर्व सदस्य एवं संघका सल्लाहकार मनबहादुर न्यौपाने, संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक धिर्जेमान तामाङ्ग, महासचिव एवं बरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठको उपस्थितीमा ४ महिला र ११ पुरुष गरि १५ खेलाडीहरुको ग्रेड परिक्षण गरिएको थियो ।
जिल्ला अध्यक्ष तथा प्रशिक्षक अनिल श्रेष्ठ र बालकोट डोजोका प्रशिक्षक सरोज तामाङ्गले लिएका बेल्ट ग्रेड परिक्षणमा सवै प्रशिक्षार्थी खेलाडीहरुले सफलतपूर्वक परिक्षण पास गरेको महासचिव श्रेष्ठले जानकारी गराए ।

Comment