नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

बिश्व ब्याडमिन्टन संघको तत्वाधान तथा बंगलादेश ब्याडमिन्टन संघको आयोजनामा बंगलादेशको राजधानी ढाकामा हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८” मा सहभागि हुन नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली सोमबार बंगलादेश प्रस्थान गरेको छ ।
बंगलादेश प्रस्थान गर्ने खेलाडीहरुमा रत्नजित तामाङ्ग, दिपेश धामी, नङ्गशल देवी तामाङ्ग रहेका छन् । अमिता गिरी पढाईका क्रममा भारतमा रहेकाले त्यतैबाट बंगलादेश प्रस्थान गर्ने छिन् । मंसिर २५ देखि पौष १ गते सम्म संचालन हुने बंगलादेश च्यालेन्जमा नेपाली टोलीले पुरुष र महिला एकल, युगल तथा मिश्रीत युगलमा प्रतिस्पर्धा गर्ने टिम ब्यवस्थापक सुभाष श्रेष्ठले जानकारी गराए ।

Comment