फुटबल तालिमका लागि टोली बंगलादेश जाँदै

सीपी फुटबल प्रशिक्षक÷प्रशिक्षण तालिममा सहभागी हुन ३ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाँदैछ । मंसिर २६ देखि ३० गतेसम्म हुने तालिममा निर्मल लामा, शान्ताकुमार सापकोटा तथा प्रेमबहादुर कोइराला सहभागी हुने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे ।

Comment