पेनकेक टोली सिंगापुर प्रस्थान

अठारौं विश्व पेनकेक सिलात च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली सोमबार सिंगापुर प्रस्थान गरेको छ ।  डिसेम्बर ११ देखि १७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५० केजीमुनि गोविन्द चौधरी, ६० केजीमुनि राजेश राउत क्षेत्री र ६५ केजीमुनि विवेककुमार विकले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा दोर्जे लामा तथा निर्णायकमा रामचन्द्र सुवेदी रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एक कार्यक्रमबीच सोमबारै बिदाइ गरिन् ।

Comment