एमआईएस क्वाटरफाइनलमा

मोर्डन इन्डियन स्कुल ( एमआईएस) २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबलमा प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एमआईएसले गोदावरी रेसिडेन्सियललाई ४–० गोलअन्तरले पराजित ग¥यो । सबल महर्जनले २ गोल गरे भने बेदराज ढुंगाना र जेनिश दवाडीले १–१ गोल थप्दै जित अन्तर फराकिलो बनाए ।
मोरान मेमोरियल स्कुल, झापाले पुष्पाञ्जलीलाई ३–० गोलले हराउदै समूह ‘डि’ को विजेता बन्दै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । युवराज राजवंशीले २ तथा अमन महतोले १ गोल गरे । पुष्पाञ्जली पनि सोही समूहबाट उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्न सफल भयो ।
अर्को लिग खेलमा डिएभीले चाँदबागलाई २–० गोलले पन्छायो । सिद्धार्थ श्रेष्ठ र आरुष पौडेलले १–१ गोल गरे । दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् ।

Comment