विराटनगरको विजयी सुरुवात

करण केसीको अलराउण्ड प्रदर्शनको सहयोगमा साविकको विजेता विराटनगर वारियर्शले एभरेष्ट प्रिमियर लिग(इपीएल)को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । शनीबार सम्पन्न पहिलो खेलमा विराटनगरले ललितपुर प्याट्रियोट्सलाई ३ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ललितपुरले दिएको १ सय ५ रनको लक्ष्ये विराटनगरले अन्तिम बल बाँकी छँदा ७ विकेटको क्षतीमा पुरा गरेको ।
विराटनगरका लागि करण केसीले १९ बलमा ३६ रन जोडे । यसैगरी, विराटनगरका लागि अनिलकुमार साहले १९ र आसिफले ११ रन जोडे । ललितपुरका गौरव तमोरले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १० रनमात्रै खर्चेर ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९ रन जोडेको थियो । ललितपुरका कप्तान ज्ञोनेन्द्र मल्लले ४९ रन जोडे । उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

Comment