पुष्पाञ्जलीको जित

२३ ओ फादर मोरान स्मृती फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा पुष्पाञ्जली स्कुलले बिद्या संस्कार स्कुललाई १–० ले पराजित गरेको छ । विजयी टोलीका लागि एजेकेल जीसीले गोल गरे । उनी खेलका म्यान अm द म्याच पनि घोषित भए । अर्को खेलमा लीटल एन्जल्स स्कुलले सेन्ट जेभियर्स झापालाई ६–१ ले हरायो । आसुतोष लवटले दुइ गोल गरे भने विगुल पोखरेल,अनिहांग लीम्बु,प्रसुन तुलाधर र श्रीसित शर्माले अन्य गोल गरे । लवट खेलको म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा मोर्डन इन्डियन स्कुलले डल्फीन इंगलीस स्कुललाई ६–० ले हरायो । विजयी टोलीका तुसनले तीन गोल गरे । यसैगरी,बेदराज ढुंगाना,अमन रायमाझी र जेनिस दवाडीले थप गोल गरे । तुषन खेलका म्यान अफ द म्याच घोषित भए ।

Comment