सेन्ट जेभियर्सको गोल वर्षा

आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरीले २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगिता शनिबार उत्कृष्ट सुरुआत गरेको छ ।
गोदावरीस्थित घरेलु मैदानमा आयोजकले चाँदबागलाई ११–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । अभिषेक लोले ३, सुभय महर्जन र सौगात शाहीले २–२ तथा सिजन विक, प्रसिद्ध थापा मगर, रोज घले र जमिन सुनुवारले १–१ गोल गरे ।
अन्य खेलमा डिफेन्डि च्याम्पियन लिटिल एन्जल्स ९एलए० र क्रेसेन्टले जित हात पारे । एलएले सेन्ट जेभियर्स, जावलाखेललाई ५–० गोलले हरायो । प्रसुन तुलाधर, भिगुल पोखरेल, सुरज तामाङ, आशुतोष लवत र अनमोल लिम्बूले १–१ गोल गरे । क्रेसेन्टले गोदावरी रेसिडेन्सियललाई ६–० गोलले पन्छायो । निर्जल लामाले ह्याट्रिक गरे भने शिव थापा मगर, सुजल तामाङ र रियाज तामाङले १–१ गोल थपे ।

Comment