सुभश्री,आभाष र आभालाई स्वर्ण

पुष्पसदनका आभाष चौलागाईं र स्वर्णिमकी आभा पन्तले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत स्कुलतर्फ यु–१६ सिंगल्समा बुधबार स्वर्ण जितेका छन् ।
लैनचौरमा भएको ब्वाइज फाइनलमा आभाषले प्रोक्सिमाका रेखन तामाङलाई ११–४, १२–१४, ११–८ र १२–१० को सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा आभाले विजेश्वरीकी मारिया थापा मगरलाई ७–११, ९–११, ११–८, ११–६ र ११–८ ले हराइन् ।
यु–१४ ब्वाइज सिंगल्समा न्यु होराइजन, बुटवलका रविन सुनारी पहिलो भए । उनले फाइनलमा आफ्नै स्कुलका प्रवेश बस्नेतको चुनौती ११–९, ९–११, ११–६, ६–११ र ११–८ ले समाप्त पारे । सोही स्पर्धाको गल्र्स फाइनलमा ब्लु बर्डकी सतिश्मा थापाले ब्लु बर्डकै प्रणिका कुँवरलाई ११–७, ११–९ र १८–१६ को सोझो सेटमा पाखा लगाउदै पहिलो भइन् ।
काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्सको उपाधि विजेश्वरीकी सुस्मिता खड्काले जितिन् । सुस्मिताले प्रोक्सिमाकी दिया देउलामाथि ११–७, ११–९ र ११–८ को जित दर्ता गरिन् ।
स्कुलकै टिम इभेन्टको ब्वाइजमा पुष्प सदन तथा गल्र्समा स्वर्णिम पहिलो बने । फाइनलमा पुष्प सदनले न्यु होराइजन, बुटवललाई ३–१ तथा स्वर्णिमले विजेश्वरीलाई ३–० ले पराजित गरे ।स्कुलतर्फ यु–१० ब्वाइज सिंगल्समा सिद्धार्थ बनस्थलीका उज्ज्वल मानन्धर तथा गल्र्समा युलेन्सकी सुभश्री श्रेष्ठ पहिलो बने ।एक दिन अघि भएको फाइनलमा उज्ज्वलले ब्लु बर्डका रितेश खड्कालाई ११–८, ११–६ र ११–५ तथा सुभश्रीले नेसनल चिल्ड्रेनकी अनामिका कस्तीलाई ११–१३, ११–५, ११–५ र ११–४ ले निराश पारे ।

Comment