पारा कमिटी विवाद मिल्नेमा श्रेष्ठ र लामाको बिश्वास

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अस्तित्वमा रहेका दुई पारा ओलम्पिक कमिटीको विवाद मिलाउन दुई प्रतिनिधि तोकेको छ ।
नेपाल जुडो संघका महासचिव समेत रहेका नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठ र नेपाल पारा साइक्लिङ संघका महासचिव रमेश लामालाई जिम्मेवारी दिइएको छ । लामालाई राखेपको प्रतिनिधिका रुपमा चयन गरिएको हो ।
प्रतिनिधी तोकीए पछि धर्मले यो विवाद मिल्नेमा आफू बिश्वस्त रहेको बताएका छन् । नेपाल जुडो संघका महासचवि समेत रहेका उनी पारा जुडोमा पनि आबद्ध छन् । जुडोकै अन्तराष्ट्रिय रेफ्रि धर्मले अन्य खेलकुद झै पारा जुडोको अन्तराष्ट्रिय खेल महोत्सबमा पनि आफ्नो उपश्थिती देखाइ सकेका छन् । घरेलु भुमिमा रहेको दुइ संघको विवादले खेलाडीलाई परेको अप्ठेरोको प्रत्यक्ष महशुष आफूलाई भएको समेत उनले बताएका छन् । यसैगरी, रमेसले यो विवादका कारण धेरै खेलाडीलाई समस्या परेकाले तत्कालन समाधान हुन आबस्यक रहेको बताए ।
नेपालमा हाल दीपक कोइराला अध्यक्ष रहेको राष्ट्रिय मान्यता प्राप्त नेपाल पारा ओलम्पिक कमिटी तथा राधा घले अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रिय पारा ओलम्पिक कमिटी अस्तित्वमा छन् । कोइरालाको अध्यक्षतामै रहेको संघका महासचिव कुमार पौडेलले विवाद समाधान हुन अति आबस्यक रहेको बताउदै यसका लागि आफुहरु लचिलो भएको बताएका छन् ।

Comment