पुलिस, आर्मी र थ्रीस्टारको जित

शहिद स्मारक लिग फुटबल अन्तरगत सोमबार भएको खेलमा नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र थ्रीस्टार क्लबले जित हात पारेका छन् । आर्मीले संकटासंगको खेलमा ५–१ ले पराजित गरेको हो । यसैगरी,थ्रीस्टारले एनआरटीलाई २–० तथा पुलिसले च्यासल युथ क्लबलाई पनि समान गोल अन्तरले पराजित गरे ।
आर्मीलाई जित दिलाउने क्रममा टेक बुढाथोकीले १७ औ र ६५ औ मिनेटमा गरी दुइ गोल गरे । भरत खवासले २९ औ मिनेटमा गोल गरेको खेलमा सन्तोष तामाङले ६३ औ तथा दिनेस हेम्जनले ६७ औ मिनेटमा गोल गरे ।
७५ औ मिनेटमा रञ्जित धिमालले गोल गरेको खेलमा अजय मार्टिन्स अबेइडेले इन्जुरी समयमा गोल गरे । पुलिस क्लबका लागि रवि पासवानले ४० औ तथा भरत साहले ८९ औ मिनेटमा गोल गरेका थिए ।

Comment