शर्मा एशियन मार्शल आर्टस्को महासचिवमा चयन

नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा  एशियन मार्शल आर्टस् गेम्स कमिटीको महासचिवमा चुनिएका छन् । थाईल्याण्डको बैंककमा बिहिबार सम्पन्न एशियन मार्शल आर्टस् गेम्स कमिटिको बैठकले शर्मालाई चार बर्षका लागि महासचिवमा चयन गरिएको राखेप प्रचार शाखाबाट जानकारी प्राप्त भएको हो । सोहि बैठकले उक्त कमिटीको अध्यक्षमा भारतका बि.के.भरतलाई चयन गरेको छ ।
भारत, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुवई, रसिया, टर्की लगायत देश आवद्ध रहेको कमिटीको अन्य पदाधिकारीहरु जर्मनीमा रहेको बिश्व मार्शल आर्टस् गेम्स कमिटीको अन्तराष्ट्रिय हेडक्वाटर संग समन्वयमा अध्यक्ष तथा महासचिवले चयन गर्ने महासचिव शर्माले जानकारी गराए ।

Comment