टोरन्टो ओपनमा नेपालीको सफलता

 क्यानाडाको टोरन्टो शहरमा अवस्थित भेराईटि भिलेजको बिशाल हलमा अायोजित टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसीपमा एभरेष्ट  तेक्वान्दो एकाडेमी ले १६ स्वर्ण ७ रजत र ११ काश्य पदक जित्न सफल भएको छ। तेक्वान्दो अन्तराष्ट्रीय रेफ्री एवं प्रशिक्षक मास्टर धिरेन्द्र शाही द्वारा जिटिएको ब्राम्पटन र स्कारवोरोमा सन्चालित २ वटा तेक्वान्दो क्लबका  ४५ जना खेलाडीले स्पाइरिंगमा तथा पुम्सेमा ऊत्क्रिष्ट खेल प्रदर्शन गर्न सफल भएका थिए। खेलाडीहरुलाई प्रशिक्षक धिरेन्द्र शाही, यादव कुँवर र रबिन जोशीले प्रशिक्षण गरेका थिए । ऊल्लेखनिय सहभागिता एबम् सफलता हासिल गरेकोमा प्रतियोगिता आायोजक यांग चोंग तेक्वान्दो एकाडेमीले एभरेष्ट एकाडेमी लाई बिशेष ट्रफिले सम्मान गरेको थियो । क्यानाडा लगायत बिभिन्न राष्ट्रका क़रीब ११०० खेलाडीहरुलेसहभागिता जनाएका  प्रतियोगितामा अन्तराष्ट्रीय रेफ्री शाहीको संयोजकत्वमा अन्य नेपाली रेफ्रिले पनि निर्णायकको भुमिका निर्वाह गरेका थिए । एभरेष्टको सहभागितामा नेपाली तेक्वान्दो माष्टरहरु राजु थापा ,निरज पौडेल,गिरी बुढाथोकी,लिला शाही ,अानन्द अर्गेजा, कल्याण कुँवरले बिशेष सहयोग गरेका थिए । नोभेम्वर १७ र १८ मा संचालित यो प्रतियोगिता क्यानाडाको पुरानो , व्रिहत् एवम् प्रतिष्ठित प्रतियोगिता मा गनिन्छ।

 

Comment