पुनुरागमन सार्थक तुल्याउदै चञ्चला

फाइल तस्बिर

नेपाल पुलिसका मन्डेकाजी श्रेष्ठ र चन्चला दनुवार बागलुङ्गमा जारी प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप २०१८ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । श्रेष्ठले प्रतियोगिता अन्तरगत ब्यक्तिगत कातामा प्रदेश नं. ५ का दीप राज थापालाई पछाडी पन्छाउँदै स्वर्ण हात पारेका छन् । तृतीय स्थानमा एपिएफका अनिल चन्द र प्रदेश २ का दिर्घ बहादुर लामा रहेका छन् । श्रेष्ठले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । उनले महशुस तामाङ्ग र विनोद गुरुङ्ग संग मिलेर स्वर्ण हात पारेका हुन् ।
यस्तै आईतबारनै भएको महिला ब्यक्तिगत काताामा नेपाल प्रहरीकी चन्चलाले एपिएफकी सरिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भईन् । तृतीय स्थानमा बाग्लुङ्गकी सर्मिला श्रेष्ठ र प्रदेश ५ की रश्मि पाण्डे रहे । केही समयको बिश्राम पछि करातेमा फर्कीएकी चञ्चला पनुरागमनको लगत्तै एसियाडमा सहभागि हुन सफल भएकी थिइन् ।
यसैगरि टिम काता तर्फ पुरुष र महिला दुवै तर्फ नेपाल पुलिसले स्वर्ण हात पारेको श्रेष्ठले जानकारी गराए । पुरुष तर्फ दोश्रो स्थानमा प्रदेश नं. १ तथा तेश्रो स्थानमा प्रदेश ७ र ५ रहे । महिला तर्फ प्रदेश नं. ६ ले रजत पाए । एपिएफ र प्रदेश ५ ले कास्य पाए ।
७ प्रदेश र ३ विभागिय टिम गरि १० टिमको सहभागिता रहेको प्रतियोगिताको कुमुते महिला ४५ केजी तौलमा एपिएफकी जिया कार्कीले बाजी मारिन् । उनले पुलिसकी बुद्धलक्ष्मी तामाङ्गलाई पराजित गर्दै स्वर्ण पाएकी हुन् । प्रदेश ५ की रश्मि पाण्डे र प्रदेश १ की रञ्जना मगरले कास्य पाए । यस्तै पुरुषको ५० केजीमा पुलिका सोनाम लामाले स्वर्ण पाए । प्रदेश १ का मोहन यादवले रजत तथा प्रदेश ६ का सरोज पासवान र आयोजकका अंकित गुरुङ्गले कास्यमा चित्त बुझाए ।

Comment