संघहरुमा रहेको विवाद चाडै समाधान गर्न आबस्यक ः उपाध्यक्ष तिम्सीना

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सीनाले नेपालमा रहेका थुप्रै संघको विवाद चाडो समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय गोजुरियो कराते संघले उनको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । खेल पदाधीकारीको विवादका कारण खेलाडी र प्रशिक्षक अन्योलमा परेको र खेलकुदमा यसले प्रतिकुल असर गरेका कारण कारण यो समस्याको तत्काल समाधान खोज्नुको विकल्प नरहेको कुरामा जोड दिए ।
स्वागत कार्यक्रममा संघका अध्यक्ष गणेश कार्की, उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक राम चन्द्र सुबेदी, उपाध्यक्ष बालकृष्ण असरपती, महासचिव प्रकास चन्द र सचिव सुदन सिंह सिलवाल लगायतको उपश्थिती थियो ।

Comment