नेपाली खेलाडीलाई सफलता

इन्डोनेसियाकाे वालीमाजारि चाैंथाे भाेभिनम एसियन च्याम्पियनसिपमा नेपालका तर्फबाट ७२ केजि ताैल समुहमा अजय बुढाथोकीले रजत पदक जितेका छन्। उनी क्वाटरफाइनलमा बाई पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए। सेमिफाइनलमा कम्बोडियाका खेलाडीलाई हराउदै फाइनलमा पुगेका बुढाथोकी फाइनलमा भने भियतनामका खेलाडीसंग पराजित भए। बुढाथोकीले यस अघि पनि मिक्स मार्सल अार्ट मा विभिन्न पदक जित्नुका साथै विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाई सकेका छन् । उनी अनुभवी खेलाडीका रुपमा परिचित छन्। मार्सलअार्ट अर्गनाइजेसन नेपाललाई अाएकाे निमन्त्रणालाई स्विकार गरि नेपालकाे प्रतिनिधीत्व गर्दै चार सदस्यीय टाेलि प्रशिक्षक द्वय सिताराम हुमागांई , राजेश तामाङ र खेलाडीहरु अजय बुढाथोकी , पुकार हुमागांई गत कार्तिक १५ गते इन्डोनेसिया प्रस्थान गरेकाे थियाे। त्येस्तै गरि अजय र पुकारले सेट फाईट ईभेन्टमा पनि नेपाललाई कास्य पदक दिलाउन सफल भएका छन्। सेट फाईटमा ६.८ स्काेर प्राप्त गर्दै उनीहरुले कास्य पदक जितेका छन्।
विभिन्न अन्तरास्ट्रिय च्याम्पियनसिपहरुमा सहभागिता जनाएका पुकार हुमागांईकाे भने याे पहिलाे अन्तरास्ट्रिय पदक हाे। नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएकाे प्रशिक्षक द्वय हुमागांई र तामाङले जानकारि दिएकाछन्। उक्त प्रतियोगितामा १७ राष्ट्रकाे सहभागिता रहेकाे थियाे।  पदक विजेता खेलाडहरु तथा प्रशिक्षकहरुलाई बधाई तथा शुभकामना दिदै मार्सल अार्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले अाफुले अझै यस्ता अवसरहरुकाे खाेजि गर्दै नेपाली खेलकुदकाे स्तराेन्नति मा टेवा पुर्याउने वताए ।
Comment